खबर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं ।

आज सङ्घीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ। आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए। त्यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

त्यस्तै राष्ट्रिय सभाको बैठक १२: १५ बजे बोलाइएको छ। यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button