मूल खबर

वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदी विजयी

काठमाडौँ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक वाराणसीबाट लोकसभा सदस्य निर्वाचित भएका छन्।मंगलबार साँझ सम्पन्न मतगणनाबाट वाराणसीमा भारतीय जनता पार्टीका उम्मेदवार रहेका प्रधानमन्त्री मोदी करिब डेढ लाख मतान्तरले विजयी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

यहाँ कंग्रेस आईले अजय रायलाई उम्मेदवार बनाएको थियो। राय लगातार दोस्रो पटक मोदीसँग पराजित भएका हुन्।सन् २०१९ को निर्वाचनमा मोदी ६ लाख ७४ हजार भन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए। यसपाालि भने कम मतान्तरले मोदी निर्वाचित भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button