मूल खबर

नेकपा(माओवादी)ले ग¥यो बर्दियाको बढैयाताल गाउँपािलकामा घरजग्गा कब्जा

काठमाडौ । नेकपा(माओवादी) बर्दीया जिल्ला समितिले विज्ञप्ति मार्फत घरजग्गा कब्जा गरेको जनाएको छ । सो पार्टीका जिल्ला कार्यालय सचिव समिरका नाममा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार ।बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं ४मा रहेको एक घरजग्गा कब्जा गरेको हो ।

विज्ञप्त्मिा भनिएको छ —हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओबादी)वर्गीय उत्पीडन र शोषणका विरुद्ध अनवरत संघर्षमा रहेको कुरा सर्व विदितनै छ। यहि क्रममा बर्दिया जिल्ला बढैयाताल गाउपालीका वडा नम्बर ४ मा २०२६ सालदेखी बसोबास गर्दै आएका खुसिराम थारु, मॅगला थारु, पाटन डिन, बालकराम थारु र कृति थारुको घर जग्गा भुमाफिया बुद्धराम थारुकी बुहारी मेवारानी थारु ले तत्कालीन सता र निकायलाइ प्रभावमा पारी षड्यन्त्रपुर्बक कागज बनाइ अदालत प्रहरी प्रशासन लगाइ जर्बजस्ती कब्जा गरि निज खुसिराम थारु, मॅगता थारु, बालकराम थारु र कृति थारुको घरपरिवारलाइ यातना दिई बन्दोबस्तीका सामानहरु फाली घरमा ताल्चा लगाएको घटनाप्रती हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ। उत्त बिवादित घरजग्गा पार्टीको नियन्त्रणमा रहने गरि कब्जा गरिएको जानकारी यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहान्छौ।
विज्ञप्ति हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button