खेलकुद

टी-२० विश्वकप : भारतसँग पाकिस्तान ६ रनले पराजित

काठमाडौं ।

आईसीसी टी-२० विश्वकपमा भारतले लगातार दोस्रो जित निकालेको छ। आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो।

भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रन मात्र जोड्न सक्यो । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए। इमाद वसिमले १५ रन जोड्दा कप्तान बाबर आजम, उस्मान खान र फखर जमानले समान १३\१३ रन थपे । भारतका जसप्रित बुमराहले तीन विकेट लिए।

हार्दिक पन्ड्याले दुई तथा अर्शदीप सिंह र अक्षर पटेलले समान एक\एक विकेट हात पारे। त्यसअघि टस हारेर टस हारेर ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो। भारतका लागि ऋषव पन्तले सर्वाधिक ४२ रन बनाए। अक्षर पटेल २० रन बनाएर आउट भए। पाकिस्तानका लागि नसिम शाह र हरिस रउफले तीन\तीन विकेट लिए।

त्यस्तै मोहम्मद अमिरको नाममा दुई विकेट रहँदा साहीनशाह अफ्रिदिले एक विकेट लिए। जितसँगै भारत समूह एको शीर्ष स्थानमा उक्लिएको छ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button