मूल खबर

अमित शाह बने दोस्रो कार्यकालका लागि भारतीय गृहमन्त्री

नयाँ दिल्ली : भारतीय जनता पार्टी (भाजपा)का नेता अमित शाहले लगातार दोस्रो कार्यकालका लागि मङ्गलबार भारतको गृह मन्त्रालयको कार्यभार सम्हालेका छन्।

जिम्मेवारी सम्हालेपछि दिएका पहिलो सार्वजनिक अभिव्यक्तिमा उनले नयाँ सरकारले देशको सुरक्षालाई अर्को तहमा पुर्‍याउने र भारतलाई आतङ्कवाद, विद्रोह र नक्सलवादविरुद्धको सुरक्षाकवचका रुपमा निर्माण गर्ने बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो सरकारका ३० क्याबिनेट मन्त्रीको नयाँ सूचीमा शाहलाई गृहमन्त्रीको जिम्मेवारी तोकिएको छ। पदबहाल सम्हालेलगत्तै शाहले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा राख्दै भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा मैले आज पुनः गृह मन्त्रालयको कार्यभार सम्हालेको छु। गृह मन्त्रालय देश र जनताको सुरक्षाका लागि सधैंजस्तै प्रतिबद्ध रहनेछ।’

‘प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालमा भारतको सुरक्षाको लागि आफ्नो प्रयासलाई थप उचाइमा पुर्‍याउने र भारतलाई आतंकवाद, विद्रोह र नक्सलवादविरुद्ध एक सुरक्षाकवचको रूपमा निर्माण गर्नेछ,’ शाहले सामााजिक सञ्जालमा लेखेका छन्।

यदि शाहले लगातार पाँच वर्ष काम गरे भने उनी भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म गृहमन्त्री बन्ने व्यक्ति बन्नेछन्। यसअघि भारतीय राष्ट्रिय काङ्ग्रेसका गोविन्दबल्लभ पन्त र भाजपाका लालकृष्ण आडवाणी दुवैले छ वर्ष केन्द्रीय गृहमन्त्रीको रूपमा काम गरेका थिए। शाह र भाजपाका पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंहले पाँच–पाँच वर्ष उत्तर भारतको राजनीतिक जिम्मेवारी सम्हालेका थिए।अन्नपूर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button