खेलकुद

रोहितसँग झगडा गर्ने बंगलादेशी बलर तान्जिमलाई आईसीसीले तिरायो जरिवाना

काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकपमा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ।

आईसीसीले आइतबारको खेलमा खेल आचारसंहिता उल्लंघन गरेको भन्दै उनले पाउने म्याच फिको १५ प्रतिशत जरिवाना गराएको हो। सेन्ट भिन्सेन्टमा बंगलादेशले नेपाललाई दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि विवाद भएको थियो। त्यसक्रममा तान्जिमले रोहितलाई हातले धक्कासमेत दिएका थिए।

त्यसपछि दुवै खेलाडीबीच भनाभन हुँदा एम्पायरले दुवैलाई अलग गरेका थिए। सकिबको गलत व्यवहारबारे एम्पायरले सोहि समयमा बंगलादेशका कप्तान नाजमुल होसैन शन्तोलाई जानकारी गराएका थिए। आइसीसीले जरिवानाको अलावा सकिबलाई एक डिमेरिट अंक समेत दिएको छ ।

आईसीसीले आचारसंहिता २.१२ उल्लंघन गरेको पाइएकाले उनीमाथि कारबाही गरिएको जनाएको छ।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button