
मेचीनगर । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पाताञ्जल योग समिति काँकरभिट्टा साधना केन्द्रको आयोजना शुक्रबार प्रभात फेरी जागरण कार्यक्रम सम्पन्न गरेको छ ।काँकरभिट्टा साधना केन्द्रका योग प्रशिक्षार्थी र प्रशिक्षक लगायत जनप्रतिनिधिहरुको सहभागितामा योग चेतना सम्बन्धि नाराका साथ बजार परिक्रमा गरिएको थियो ।



