मूल खबरहेड लाइन

पाँच राजनीतिकदलले ५बुँदे विषयलाई उठाएर जारी गरे विज्ञप्ति, मेचीनगर नगरपालिकाले दलका ध्यानाकर्षण पत्र र विज्ञप्तिको सुनवाई नगरेको आरोप (विज्ञप्ति सहित)

मेचीनगर । मेचीनगरमा कृयाशिल पाँच राजनीतिक दलले आज एक विज्ञप्ति मार्फत मेचीनगर नगरपालिकाको पुनःध्यानाकर्षण गराएकाछन् । पाँच बुँदे शिर्षक सहित जारी विज्ञप्तिमा मेचीनगर नगरपालिकाले नागरिकप्रति जिम्मेवार नभएको उल्लेख गरिएको छ ।नगरकार्यपालिकाले जन अपेक्षा अनुरुप काम गर्न नसकेको र नगरपालिका भित्रै कर्मचारी र जनप्रतिनिधिबीचको अन्तरद्धन्दले समग्र विकासमा असर पुगेको बताइएको छ । दलहरु पटकपटक नागरिकका समस्या र नगरपालिकामा उत्पन्न समस्याका बारेमा बुझाएका ध्यानकर्षण पत्र र विज्ञप्तिको समेत नगरपालिकाले वेवास्ता गरि सुनवाइ नगरेको समेत उल्लेख गरिएको छ । पाँच ओटा शिषर्कमा अहिले मेचीनगर नगरपालिकासँग जोडिएका विषयहरुका बारेमा स्पष्ट पार्न समेत दलहरुले मेचीनगर नगरपालिकाको ध्यानाकषर्ण गराएकाछन्।
विज्ञप्तिमा नेपाली काँग्रेसका सुवेशकुमार पनेरु,जनता समाजवादी पार्टीका ओमप्रकाश खापुङ्ग,राष्ट्रिय स्वतन्त्र पार्टीका भीमबहादुर कुबँर,राष्ट्रिय प्रजातन्त्र पार्टीका बिशालकृष्ण वाँस्तोला र नेकपा(एकीकृत समाजवादी)पार्टी हरि तिम्सिनाले हस्ताक्षर गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button