मूल खबरहेड लाइन

‘ओलीसँग विद्रोह गरेर ठीक गर्यौं, नत्र गल्लीमा भड्किरहनुपर्ने स्थिति बन्थ्यो’

काठमाडौँ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विद्रोह गरेर पार्टी निर्माण गरेको औचित्य पुष्टि भएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन समयमा विकल्प नै नभएपछि विद्रोह गरेको बताए । अध्यक्ष नेपालले देशको संविधान बचाउन र राजनीतिक स्थिरताका लागि विद्रोह गरेको बताए ।

उनले भने-‘कसै–कसैले प्रश्न खडा गर्छन्, विद्रोहको औचित्य के छ ? विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर हामीले संविधान बचायौं, राजनीतिक स्थिरता कायम गर्यौं । हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह गर्यौं । अत्यन्तै सही काम गर्यौं । कम्युनिष्ट आन्दोलनलाई जोगायौं । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौं, आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनका लागि फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि पनि हामीले नयाँ पार्टी निर्माण गर्नुपर्ने काम पनि गर्यौं।’

तत्कालीन अवस्थामा केपी ओलीसँग आत्मसमपर्ण गर्न नसकेपछि विद्रोह गर्नुपरेको उनको भनाइ छ ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button