
झापा । भद्रपुर स्थित चन्द्र भानु स्कूलमा लिम्बु समुदायको पर्व सिसेक्पा तङनाम सम्पन्न भएको छ ।साउने सङक्रान्ति अवसरमा याक्थुङ चुम्लुङ शाखा झापा ले सिसेक्पा तङनाम विशेष भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि याक्थुङ चुम्लुङ केन्द्रका केन्द्रीय अध्यक्ष भक्त मुसुहाङ याक्थुङबाले सो कार्यक्रमलाई सम्बोधन गर्दै धर्म र सस्कृतिको संरक्षण गर्न सबै एक हुन आग्रह गरे। सभा अध्यक्ष झापा जिल्ला याक्थुङ चुम्लुङ अध्यक्ष पदम जेन्जि माबोले सभापतित्व गरेको सो कार्यक्रममा सामाजिक अभियन्ता दिनेश माबो, सुखमाया लाबुङ, जातिय सस्था नेपाल हिन्दू संघ, मङगर सधका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो िसो अवसरमा विशिष्टअतिथि टेकबहादुर योङहाङसहित राम योङहाङ र छत्र बहादुर माबोहाङको उपस्थित थियोे ।



