मूल खबर

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन

सन्जिब दुलाल
भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।
भक्तपुर जिल्ला अदालतको तहसिलको अभिलेख अनुसार फैसला कार्यान्वयन अन्तर्गत १३ सय ९६ वर्ष ६ महिना ६ महिना ३ दिन कैद भुक्तान हुन बाँकी रहेको हो ।
भक्तपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७९ ८० बाट १३ सय १० वर्ष ५ महिना १४ दिन कैद भुक्तान बाँकी रहेको र यो वर्ष ६ सय २५ वर्ष ११ महिना ११ दिन कैद फैसला भएकोमा ५सय ३९ वर्ष १० महिना १२ दिन मात्र फर्छ्यौट भएको तहसिलदार भवानी शङ्कर घिमिरेले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार जरिवाना तर्फ भने अघिल्लो आर्थिक वर्षबाट २५ करोड ५० लाख ३ हजार ३ सय २४ रुपैंया जिम्मेवारी सरेर आएको थियो भने यो वर्ष ४६ करोड ९२ लाख ७९ हजार १ सय ७ जरिवाना फैसला भई जम्मा ७२ करोड ४२ लाख ८२ हजार ४ सय ३१ जरिवाना उठाउन बाँकी रहेकोमा आर्थिक वर्ष २०८० ८१ मा १० करोड ६१ लाख ९८ हजार ७ सय ५९ रुपैंया फटर्यौट भएको उहाँले जानकारी दिनुभयो । यस्तै उहाँका अनुसार अव जरिवाना तर्फ ६१ करोड ८० लाख ८३ हजार ६सय ७२ रुपैंया जरिवाना उठाउन बाँकी रहेको समेत घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार फैसला कार्यान्वयनको निवेदन तर्फ अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ५ सय ८५ लगतमा ४सय ९२ फर्छ्यौट गरी बाँकी ९६ रहेको तथा नयाँ दर्ता तर्फ ७ सय ३८ मा २ सय ५१ फर्छ्यौट भएको र ४ सय ८७ बाँकी रहेको समेत जानकारी दिनुभयो । तहसिलदार घिमिरेका अनुसार आर्थिक वर्ष २०८० ८१ मा कुल ५६.१६ प्रतिशत फैसला कार्यान्वयन भएको समेत जानकारी दिनुभएको हो।
यस्तै क्षतिपूर्ति तर्फ भने अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएको ५४ लाख ३६ हजार ३ सय ५८ रुपैंया रहेको यो वर्ष ८ लाख ६० हजार ५ सय क्षतिपूर्तिको फैसला भएकोमा वर्ष भरीमा जम्मा ६ लाख ८७ हजार २ सय मात्र फर्छ्यौट भएको थियो । आगामी वर्षको लागि जिम्मेवारी सरेको क्षतिपूर्तितर्फ ५६ लाख ९९ हजार १ सय ५८ रहेको तहसिलदार घिमिरेले जानकारी दिनुभयो ।
अदालतको फैसला कार्यान्वयनमा स्थानीय निकाय जिल्ला प्रशासन र प्रहरीको भुमिक महत्त्वपूर्ण हुने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button