स्वास्थ्यहेड लाइन

समाचार प्रभावः मेची प्रादेशिक अस्पताल भद्रपुरमा भीमको उपचार शुरु

मेचीनगर । आर्थीक समस्याका कारण लामो समयदेखि खुट्टाको उपचार गर्न असमर्थ भएका मेचीनगर ७ का भीम गणेशको उपचार शुरु भएको छ ।

झापा मेचीनगर नगरपालिका वडा नं ७ भान्सा खोलाका गणेशको आर्थीक समस्याका कारण उपचार हुन नसकेको विषयमा चौतारी पोष्ट अनलाइनबाट समाचार सम्प्रेषण भएपछि स्थानीय सामाजिक अगुवा बिजय डालमिया र हरि तिम्सिनाले चासो राखेका थिए ।

उनका विषयमा जानकारी गराएपछि डालमिया र तिम्सिनाले भीमको उपचारका लागि अग्रसरता देखाएका थिए । डालमिया र तिम्सिनाको यो अग्रसरतामा साथ दिए जेसी डिल्लीराम पोखरेलले ।

अहिले उनको उपचार मेची प्रादेशिक अस्पताल भद्रपुरमा शुरु भएको छ । गणेशको उपचारका लागि अहिले उनको आवाश्यक स्वास्थ्य परिक्षण भईरहेको र उनको उपचारका लागि डाक्टर रामबाबु खड्कासँग परामर्श भएको डालमियाले बताए ।

आर्थीक समस्याका कारण कोही पनि उपचारबाट टाढिनु नपरोस भन्ने मानवीय भावले नै आफुहरुले भीमको उपचारका लागि प्रयास गरेको डालमियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button