
झापा मेचीनगर ७ भान्सा खोलाका भीम गणेशको उपचार अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा हुदैछ । आर्थीक समस्याका कारण लामो समयदेखि उनको खुट्टाको क्रोनिक बनिसकेको घाउका कारण उनी पलपल पिडामा थिए । चौतारी पोष्ट अनलाइनबाट केही दिन अघि उनको समस्याका बारेमा सार्वजनिक भएपछि मेचीनगरका सामाजिक अगुवाहरु बिजया डालमियाँ,हरि तिम्सिना र भद्रपुर जेसी डिल्लीराम पोखरेलको अग्रसरतामा उनको उपचार अहिले भद्रपुरमा भईरहको छ । आज हामीले उनको स्वास्थ्य उपचारका बारेमा संक्षिप्त भेटमा भीमका विचार समेटेकाछौँ ।



