
मेचीनगर । नेकपा(माओवादी केन्द्र)मेचीनगर कमिटी अन्तरर्गत वडा नं ६ को आठौँ वडा अधिवेशन सम्पन्न भएको छ । ६ नं वडा कमिटीका अध्यक्ष मानबहादुर गिरी(ध्र्रुब)को अध्यक्षतामा सम्पन्न वडा अधिवेशनको प्रमुख अतिथि माओवादी झापाका नेता प्रकाश भण्डारी रहेका थिए भने विशेष अतिथिमा अर्का नेता माधव अर्याल रहेका थिए ।सो कार्यक्रममा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान समेत गरिएको थियो । स्थानीय माओवादी नेतृ पवित्रा तिवारीको स्वागत मन्तब्य रहेको कार्यक्रममा माओवादीका स्थानीय नेताहरु राजु दाहाल, पनिता ढकाल, राजन चिमरिया,गोपी रिजाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन कृष्णकौशल सिटौलाले गरेका थिए । बन्दशत्रले आगामी वडा कमिटी चयन गर्ने आयोजकले बताएको छ ।



