
झापाको मेचीनगर नगरपालिका समय समयमा चर्चामा आउने गरेको छ । केही समय यता नगरपालिकाले एक पक्षीय काम गरेको आरोप लगाउँदै यहाँका कृयाशिल ६ राजनीतिकदलले विज्ञप्ति,ज्ञापन पत्र हुदै शान्तिपूर्ण आन्दोलनको चेतावनी दिदै आएका थिए भने पछिल्लो समयमा नगरकै जनप्रतिनिधिहरुले समेत नगरको कामप्रति असन्तुष्टि पोखेकाछन् ।



