
मेचीनगर नगरपालिका स्थित प्यारीभिट्टा बसपार्कबाट पश्चिम(भद्रपुर सडकसँग जोडिएको)बाटोका विवादका विषयमा उच्च अदालत इलामको पूर्णपााठ सहितको फैसला आएको निवेदक (वादी) होमनाथ प्रसाईले बताएकाछन् । आज (वुधबार) निवेदक प्रसाईले आफ्नै निवासमा पत्रकार भेटघाटको कार्यक्रम गर्दै फैसलाका विषयमा जानकारी गराएका थिए । उनका अनुसार लामो समयदेखि विवादको रुपमा आएको सो बाटोका सम्बन्धमा अदालतले भूमिसुधार तथा मालपोत कार्यालय झापालाई बाटो विवादका विषयमा कानुन अनुसार आवाश्यक छानबिन गरि कानुन बमोजिम गर्न अदालतले आदेश दिएको निवेदक प्रसाईले पत्रकार सम्मेलनमा बताए ।



