मूल खबरहेड लाइन

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता गर्नुहुँदै । तस्बिर : दिनेश भण्डारी

न्युयोर्क (अमेरिका)  । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, उहाँहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा हुनुहुन्छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button