भिडियो चौतारीहेड लाइन

काँकरभिट्टा बहुमुखी क्याम्पसको सातौँ क्याम्पस सभा सम्पन्न , यस्तो छ क्याम्पसको अवस्था ।

झापाको मेचीनगर नगरपालिका वडा नं ६ काँकरभिट्टा स्थित काँकरभिट्टा बहमुखी क्याम्पसको सातौ क्याम्पस सभा शुक्रबार सम्पन्न भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न सो सभाको प्रमुख अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङ्ग रहेका थिए । कार्यक्रममा प्रदेश सांसद तामाङ्ग, दुर्गा सापकोटा, पोषक दर्जी, भगिरथ भण्डारी लगायतका क्याम्पसका विभिन्न समितिका प्रतिनिधिहरुले मन्तब्य राखेका थिए । सभाको संचालन क्याम्पसका प्राचार्य लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । कार्यक्रममा पूर्वजनप्रतिनिधि, शिक्षक, बिद्यार्थी,सामाजिक अगुवा र सरोकारवाला पक्षहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button