
टुटफुट र विभाजन र एकताको गोलचक्करमा रहेको नेपाली कम्युनिष्ट आन्दोलन आजका मिति सम्म पनि यही यात्रामा रहेको छ । एकले अर्कालाई आरोप लगाउँदै आएका कम्युनिष्टहरु आफुबाहेक अरुलाई संसोधनवादी, जडसुत्रवादी, दक्षिणपन्थी र उग्र भनेर थाकेका छैनन् तर सबैको नारा उस्तै छ , समाजवादी ब्यवस्था ! आजको चौतारी संवाद नेपालको कम्युनिष्ट आन्दोलनकै सेरोफेरोमा रहेको छ । आजका हाम्रा अतिति रहेकाछन् नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का नेता सागर लिम्बु । सुनौँ सागरका विचारलाई ।



