
झापा मेचीनगर नगरपालिका काँकरभिट्टामा रहेको पर्यटन कार्यालयको अझ धेरै जिम्मेवारी र महत्व यसकारण पनि छ कि यो नेपाल—भारतको नाकामा रहेको पर्यटन कार्यालय पनि हो । झापा,इलाम,पाँचथर र ताप्लेजुङ्ग जिल्लामा आफ्ना विविध गतिविधि गरिरहेको यस कार्यालयले वर्तमान र आगामी दिनमा के कस्ता कार्य्रक्रम तय गरिरहेको छ भन्ने विषयमा चौतारी संवादमा आजका हाम्रा अतिथि रहेकाछन् पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा ।



