
नेकपा(माओवादी केन्द्र)को बिध्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । नेतृत्वमा उमेर हदको विवादका कारण स्थगित बन्न पुगेको यो सम्मेलनमा भएका र देखिएका दृश्य र गतिविधिले अखिल क्रान्तिकारी कता जादैछ र कस्तो बन्दैछ भनेर चिन्ताको विषय समेत बनेको छ ।



