मूल खबर

बिपी राजमार्गका वैकल्पिक मार्ग अझै खुलेन

काठमाडौँ । बिपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको र उक्त वैकल्पिक रुट खुल्न साथ तत्काल जानकारी गराइने ट्राफिक काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले सूचना जारी गर्दै जानकारी गराएको छ ।

मंगलटारबाट सिन्धुलीको सिमानासम्मको करिब ७ किमी बाटो सञ्चालन गर्न प्रयासरत रहेको भएता पनि केही दिन लाग्न सक्ने देखिन्छ । हाल काभ्रे स्थित बिपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button