
आजको चौतारी संवादमा हामीले योग साधना संवाद गरेकाछौँ । झापाको काँकरभिट्टामा रहेको पाताञ्जल योग समिति नेपालसँग सम्बद्ध पायोस साधना केन्द्र जहाँ योग साधना सिकाउने र सिक्ने महिलाछन् । करिब चालिस जनाको संख्यामा स्थानीय महिला एक बिहानै काँकरभिट्टा बहुमुखि क्याम्पसको एउटा कक्षमा पुग्छन् । आज हामीले योग प्रशिक्षक रेखा ढकाल(पराजुली)सँग योग साधनाका विषयमा संवाद गरेकाछौँ ।



