मूल खबरहेड लाइन

लामिछाने कास्की प्रहरीकाे हिरासतमा, भोली मात्र अदालत हाजिर गराइने

काठमाडौँ । कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रवार पक्राउ पर्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीमा राखिएको छ ।

स्वास्थ्य परीक्षण पछि लामिछाने सहितको टोलीलाई कास्की प्रहरीले आइतबार मात्र अदालतमा हाजिरी गराउने जनाएको हो । शनिवार अदालत बिदाका कारण एक दिन कास्की प्रहरीकै हिरासतमा राखिने भएको हो ।

देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जीवी मुख्य जिम्मेवार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष थियो ।

लामिछानेसँगै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button