
नेपालीहरुको दोस्रो ठूलो चाडको रुपमा रहेको तिहारमा झापाको मेचीनगर नगरपालिका वडा नं ४ले मौलिक देउसी संचालन गर्ने भएको छ । मौलिक देउसी अर्थात नेपाली बाजाको प्रयोगलाई महत्वका साथ देउसीमा प्रयोग गरिने । वडा नं ४को वडा कार्यालयले नै स्थानीय कलाकारहरुलाई हौसला र प्रोत्साहन गर्दै केही समय यतादेखि मौलिकबाजाहरुको प्रशिक्षण समेत संचालन गर्दै आएको छ ।



