सृजनाको चौतारीहेड लाइन

त्यो तिहार र यो तिहार !

जी एन शर्मा
त्यो तिहारमा बिजुली बत्ति थिएन
तर, जोकसैका मन उज्याला थिए
यो तिहारमा जतातै बिजुली बत्ति छ तर मन धेरै उज्योलो छैन
त्यो तिहारमा मादल र बाँसुरी मात्रै थिए तर धेरैधेरै गीतहरु थिए
यो तिहारमा साउण्ड सिष्टम र डिजेनै छ तर गीत गीत जस्ता भएनन्
त्यो तिहारमा आँगनसँगै मन पनि फराकिलो लाग्थ्यो
चारकुनै आँगनमा फन्को हालेर नाचेको नाच स्याबास् भन्ने थियो
यो तिहारमा आँगन पनि सानो मन पनि उस्तै लाग्छ, खै नाच हो कि केहो ?
त्यो तिहारमा थप्पडीको आफ्नै ताल थियो थप्पडीनै एउटा बाजा थियो
यो तिहारमा बाजैबाजा देखिन्छन् बजाउने बाहेक अरुले के बुझ्ने ?
त्यो पनि तिहार हो यो पनि तिहार हो
त्यो तिहारमा मनसँग सस्कृति जोडिएको थियो
सस्कृतिसँग मौलिकता जोडिएको थियो
मौलिकतासँग हाम्रा मनहरु रमाएका हुन्थे
तिहार कहिले आउला भनेर एउटा तिहार सबैको प्रतिक्षा हुन्थ्यो
यो तिहार पनि तिहारनै हो,समय बदलिएको हो या हामी ?
हामीसँगै भएको तिहार अनि तिहारसँगै भएका हामी
अहिले कताकताा अलिक अपरिचित जस्ता पो भयौँ की ?
फेरि पनि तिहार हाम्रो हो
पोरपरारको तिहार अनि हालसालको तिहार
कताकता हामी तिहारलाई सालाखाला मनाउँदै छ छैनौँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button