मूल खबर

रास्वपा मेचीनगरको सभापतिमा सन्तोष राजवंशी

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर समितिको सभापतिमा सन्तोष राजवंशी सर्वसम्मत चयन भएकाछन् ।

काकरभिट्टामा सम्पन्न रास्वपा मेचीनगरको प्रथम अधिवेशनले सभापतिमा राजवंशीलाई चयन गरेको रास्वपा मेचीनगरका निवर्तमान सभापति कमल गौतमले जानकारी दिएकाछन् ।

अधिवेशनले उपाध्यक्षमा पुरूसोत्तम काफ्ले, सचिवमा शिशिर पोखरेल, कोषाध्यक्षमा काजिमान विश्वकर्मा र सहसचिवमा गोकुल अधिकारी सर्वसम्मत चयन हुनु भएको छ ।

त्यस्तै नगरसमितिको महिला सदस्यहरूमा सदादेवी खड्का, शुशिला काफ्ले, मैया उप्रेती कट्टेल चयन भएकाछन् ।त्यसैगरी खुला सदस्यमा दिल बहादुर गजमेर, महेन्द्र चौधरी, गोपाल बुढाथोकी र हस्त बहादुर खड्का चयन भएकाछन् ।

नगर सभापति कमल गौतमको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि रास्वपाका केन्द्रीय कार्यवाहक सभापति डिपि अर्याल, केन्द्रिय सदस्य डा तोसिमा कार्की, केन्द्रिय सह प्रवक्ता रमेश प्रसाई, केन्द्रिय सदस्य ज्वाला संग्रौला, प्रदेश महामन्त्री लाल बिक्रम थापा, झापा जिल्लाका कार्यवाहक सभापति प्रकाश पाठक, जिल्ला सहसचिव भिम कुवँर लगायतले मन्तव्य राखेका थिए ।

काकरभिट्टा खानेपानी समितिको सभा कक्षामा सम्पन्न कार्यक्रम प्रेमराज घिमिरेले सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button