
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग फोनमार्फत कुराकानी गर्नुभएकाे छ ।
सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मोदीले नेपालमा हालै भएको दुखद घटनाप्रति समवेदना व्यक्त गर्नुभएकाे छ। उहाँले प्रधानमन्त्री कार्कीको शान्ति र स्थिरता पुनःस्थापित गर्ने प्रयासप्रति भारतको दृढ समर्थन रहने उल्लेख गर्नुभएकाे छ ।
मोदीले भोलिको राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री कार्की र नेपाली जनतालाई हार्दिक शुभकामना समेत दिनुभयाे। फोन वार्ताका क्रममा जेन–जी आन्दोलनका कारण भएको जनहानिबारे पनि दुवैबीच छलफल भएको बताइएको छ।
यसअघि पनि मोदीले सामाजिक सञ्जालमार्फत र मणिपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कार्कीलाई बधाई दिनुभयाे ।हिमालय टाइम्स



