
मत माग्दै जाने क्रममा आम जनता (मतदाता)को अपेक्षा के रहेछ ?
पाण्डे— म पनि जनतानै हुँ,अहिले उम्मेदवार बनेको छु । म जस्तै सबैको अपेक्षा भनेको सुशासन,विकास र समृद्धिनै हो । कसैले व्यक्तिगत अपेक्षा राख्नु भएन हामी सबैको अपेक्षा भनौँ या सपना भनेकै शान्ती,सद्भवा,एकता,सुशासन र समृद्धिनै हो ।झापा क्षेत्र नं १ मा उम्मेदवारको रुपमा जाँदै गर्दा मैले सबैको अपेक्षा एउटै पाएको छु ।र,त्यो अपेक्षा भनेको मेरो पनि अपेक्षा हो ।
तपाइँले के भन्नु भयो त ?
पाण्डे— मैले सपना बाड्ने कुरै भएन । नेपाली काँग्रेस हुने भन्ने गर्छ नहुने भन्दैन ।मैले पनि आफुले गर्न सक्ने कुराहरु मात्रै राखेँ । यो क्षेत्र भनेको म आफै हुर्केको ,खेलको र बढेको गाउँघर जस्तै हो । मेरा लागि कोही पनि अपरिचित हुनुहुन्न र म पनि अपरिचित र नौलो होइन ।भोलीका दिन उहाँहरुले मलाई साथ दिनु भयो भने उहाँहरुको विश्वासलाई म टुट्न दिने छैन । मैल सबैतिर स्पष्ट भन्दै पनि आएको छु
कि यो क्षेत्रको समस्या र संभावना मलाई राम्रो थाहा छ यसर्थ मेरो क्षमताले भ्याए सम्म जनताको भरोसा र विश्वासलाई बढाउने छु घटाउने छैन ।
आज रातीदेखि चुनावी प्रचार बन्द हुदैछ समग्रमा तपाईलाई के लाग्छ ?
पाण्डे—केशव पाण्डेलाई सबैले मायँसँगै विश्वास पनि गर्नु हुनेछ अनि केशव पाण्डले पनि उहाँहरुको मायाँ र विश्वासलाई अलिकति पनि डगमगाउन दिने छैन ।



