मूल खबरहेड लाइन

चीनको तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, ३२ घाइते

झापा — चीनको तिब्बत (सिजाङ स्वायत्त क्षेत्र) मा गएराति गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाए अनुसार, बिहीबार राति स्थानीय समयअनुसार १०:३३ बजे दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको नाग्छु सहरअन्तर्गत पर्ने बाकेन काउन्टीलाई केन्द्रबिन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको हो।

शुक्रबार बिहान २:२५ बजेसम्म प्राप्त पछिल्लो विवरण अनुसार भूकम्पमा परी घाइते भएका ३२ जनामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जना सामान्य घाइते भएका छन्। भूकम्पका कारण प्रभावित क्षेत्रका ३०० भन्दा बढी घरहरू पूर्ण रूपमा भत्किएका छन्।

भूकम्पलगत्तै प्रभावित क्षेत्रमा व्यापक उद्धार तथा राहत कार्य अघि बढाइएको छ। उद्धार कार्यलाई तीव्र बनाउन केन्द्रबिन्दु वरपर ३०० भन्दा बढी प्रहरी अधिकारीहरूलाई परिचालन गरिएको छ। यसैगरी, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले पनि ३४७ जना तालिमप्राप्त जनशक्तिलाई प्रभावित स्थलमा खटाएको छ।

अहिले प्रभावित क्षेत्रमा भूकम्पबाट भएको क्षतिको थप मूल्याङ्कन भइरहेको छ भने भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button