श्यामा प्रसाद मुखर्जीको नामले चिनिने अब कोलकाता पोर्ट

कोलकाता : पश्चिम बंगालको दुई दिने भ्रमणमा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान बेलुर मठ (रामकृष्ठ मन्दिर)-मा गएर पूजा-अर्चना गरे। प्रधानमन्त्री आज एकाबिहानै स्वामी विवेकानन्द मन्दिर पुगेर स्वामी विवेकानन्दलाई पुष्प चढाएर श्रद्धाञ्जलि अर्पण गरे। स्वामी विवेकानन्दको 157औँ जयन्तीमा तिनको स्मरण गर्दै स्वामी विवेकानन्दजीले मानिसहरूलाई सदैव ऊर्जावान रहने परामर्श दिएको प्रधानमन्त्री मोदीले बताए। बेलुर मठपछि प्रधानमन्त्रीले कोलकाता पोर्ट ट्रस्टको 150औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पोर्टको नाम परिवर्तन गर्ने घोषणा गरे। तिनले उक्त पोर्टलाई अबदेखि श्यामा प्रसाद मुखर्जी पोर्टको नामले चिनिने बताए।
विवेकानन्द जयन्तीमा नक्सलबारीमा म्याराथान दौड़

नक्सलबारी : स्वामी विवेकानन्दको जन्मदिवसको अवसरमा नक्सलबारी श्री राम कृष्ण आश्रमको तर्फबाट विविध कार्यक्रमहरूको आयोजन गरियो। कार्यक्रम अन्तर्गत सर्वप्रथम म्याराथन दौड़ पानीघट्टा कदमा मोड़देखि नक्सलबाड़ी श्री राम कृष्ण आश्रमसम्म आयोजना गरियो। उक्त म्याराथन दौड़मा धेरै संख्यामा धावकहरूले अंश ग्रहण गरेका थिए। यस अवसरमा एसएसबी फ्रन्टियर सिलगढीका आईजी कुमार बन्धोपाध्याय, रामकृष्ण आश्रम दार्जिलिङका सम्पादक स्वामी नित्यसत्यनन्दजी महाराजलगायत धेरै संख्यामा शीर्ष व्यक्तिहरू उपस्थित थिए। यसको साथै आज प्रायः दिनभरि नै विविध कार्यक्रमहरू जस्तै शोभायात्रा, सांस्कृतिक कार्यक्रम आदि सामेल रहेको छ।
कुचबिहारमा सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम

कुचबिहार : कुचबिहार जिल्ला पुलिसको आयोजनामा आज सेफ ड्राइभ सेभ लाइफ कार्यक्रम अन्तर्गत बिना हेलमेट तथा सीट बेल्ट बिनै वाहन चलाउने चालकहरूलाई गुलाबको फूल तथा चकलेट दिएर ट्राफिक नियमबारे सचेतना गराइयो। कुचबिहार शहरको पुलिस लाइनको सड़कमा आज जिल्ला पुलिस डीएसपी ट्राफिक चन्दन दासको नेतृत्वमा यो कार्यक्रमको आयोजना गरियो।
हेलमेट नलगाई मोटर बाइक चलाउने तथा सीट बेल्ट बिना गाड़ी चलाउने चालकहरूलाई पुलिसले रोकेर तिनीहरूलाई गुलाबको फूल तथा चकलेट दिनको साथै ट्राफिक नियमहरूबारेमा पनि आवश्यक जानकारी अवगत गराए।
दुईवटा बस ठोक्किँदा धेरैजना घाइते

कुचबिहार : दुईवटा बस आपस्तमा ठोक्किँदा धेरैजना मानिसहरू घाइते भएका छन्। उक्त घटना कुचबिहार-2 नम्बर ग्राम पञ्चायतको खागड़ाबाड़ी अञ्चलको तालतला इलाकाको स्टेट ब्याङ्क संलग्न राष्ट्रिय राजमार्गमा घटेको हो। दुर्घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई अस्पतालमा पुर्याइएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।siliguritimes/india



