खेलकुद

तेस्रो श्रेणीको क्लबसँग एटलेटिको पराजित

एजेन्सी – उपाधि दावेदार मानिएको एटलेटिको म्याड्रिड कोपा डेल रे अन्तर्गत बिहीबारको खेलमा तेस्रो श्रेणीको कल्चरल लिओनेसासँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । अग्रता लिनका बाबजुद एटलेटिको २-१ ले पराजित भएको हो ।

प्रशिक्षक डिएगो सिमिओनीले बलियो सुरुवाती ११ रोजेपनि अपेक्षित प्रदर्शन भने गर्न सकेन । घरेलु टोली कल्चरल लिओनेसाले एटलेटिको म्याड्रिडलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । खेलको ६२ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए ।

खेलको ८२ औं मिनेटमा जुलेन कास्टेनादाले गोल गर्दै लिओनेसालाई बराबरीमा ल्याए । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १ सय ८ औं मिनेटमा सर्जियो बेनिटोले गोल गर्दै लिओनेसालाई अनपेक्षित जितनजिक पुर्याए ।

सन् २०११ यता एटलेटिकोले पहिलो पटक तल्लो श्रेणीको टोलीसँग हार बेहोरेको हो । एटलेटिकोको दोस्रो टोली र लिओनेसा हाल एकै श्रेणीमा खेल्ने गरेको छ । लिगको तेस्रो स्थानमा रहेको एटलेटिको यस पराजयसँगै प्रतियोगिताबाट बाहिरिएको छ । पछिल्लो खेलमा एटलेटिको एइबारसँग पराजित भएको थियो ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button