खेलकुद

अपराजित लिभरपुल उपाधितर्फ

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि यात्रालाई थप बलियो पकड बनाएको छ । बिहीबार राति वल्भ्सलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै लिभरपुलले उपाधि यात्रालाई थप मजवुत बनाएको हो ।

लिगमा अपराजित लिभरपुलको २३ खेलबाट ६७ अंक पुगेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा १६ अंक बढी हो । लिभरपुलले अझै एक खेल कम खेलेको छ । सिटीको २४ खेलबाट ५१ अंक छ । लिगमा अपराजित रहने क्रममा लिभरपुलले २३ खेल खेल्दा २२ जित र १ बराबरीको नतिजा निकालेको छ । जुन क्लबको हालसम्मकै उच्च प्रदर्शन हो ।

मोलेनक्स स्टेडियममा लिभरपुलको जितमा जोर्डन हेन्डरसन र रोबर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले एक गोल फर्काए ।
खेलको आठौं मिनेटमा कप्तान जोर्डन हेन्डरसनको गोलबाट लिभरपुल खेलमा अघि बढेको थियो । हेन्डरसनले टेन्ट्र एलेक्सन्डर अर्नाेल्डको कर्नरमा हेडरमार्फत गोल गष्र्न सफल भएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफको शुरुमै गोल खान पुगेको थियो । एडमाको क्रस पासमा राहुल जिमिनेजले हेडरमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेल सकिन ६ मिनेट बाँकी रहँदा ब्राजिलियन फरवार्ड फिर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा पुनः २–१ को अग्रता दिलाए । जोर्डन हेन्डरसनको पासमा फिर्मिनोले पेनँलटी बक्सभित्रबाट गोल गर्न सफल भएको थियो ।

त्यसपछि गोल निस्कन नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो । हारपछि वल्भ्स २४ खेलबाट ३४ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button