खेलकुद

बायर्नको सानदार जित

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । बायर्नले साल्के–४ माथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । फराकिलो जितसँगै बायर्नले शीर्षस्थानको आरबी लेइपजिगसँगको अंक दुरी १ मा झारेको छ ।

आरवी लेइपजिग शनिबार राति फ्रन्कफर्टसँग २–० ले पराजित भएको फाइदा उठायो । जितसँगै बायर्नको १९ खेलबाट ३९ अंक पुगेको छ । समान खेलबाटै आरबी लेइपजिगको ४० अंक छ । साल्को ३३ अंक जोडेर पाँचौ तथा फ्रन्कफर्ट २४ अंक जोडेर नवौं स्थानमा छ ।

घरेलु मैदानमा बायर्नको फराकिलो जितमा पाँच खेलाडीले गोल गरे । खेलको छैटौ मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलबाट बायर्न अघि बढेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

५०औं मिनेटमा लियोन गोरेट्ज्काले गोल गरेपछि बायर्न खेलमा ३–० ले अघि बढ्यो । ५८औं मिनेटमा थियागो अलकान्तारले गोल गर्दै बायर्नलाई फराकिलो जितपतर्m अग्रसर गराए । ८९औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ५–० को सानदार जित दिलाए ।

hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button