कला

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं ।

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

केहि दिनअघि त्रिभुवन अन्त्र्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीसँग अभद्र व्यवहार गरेको भन्दै उनीमाथि उजुरी परेको थियो ।

यसअघि सोमबार बिहान काठमाडौं प्रहरी परिसरमा आत्मसमर्पण गर्न पुगेकी गायिका राउतले प्रहरी समक्ष कानूनभन्दा माथि कोही हुने रहेनछ भन्दै प्रहरीलाई पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।न्युज अफ नेपाल,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button