खेलकुद

फियोरेन्टिनालाई हराउदै इन्टर सेमिफाइनलमा

मिलानको जितमा एन्टेनियो क्यानड्रेभा र निकोलो बारेलाले गोल गरे । पाहुना टोलीका मार्टिन कासर्सले एक गोल फर्काए । यसै खेलमार्फत क्रिस्टियन इरिक्सन र भिक्टर मोसेसले इन्टरका लागि ‘डेब्यु’ गरे ।

इरिक्सन इंग्लिस क्लब टोटेनहम हस्टपरबाट तथा मोसेस लोनमा इंग्लिस क्लब चेल्सीबाटै यसै विन्टरमा इन्टरमा पुगेका थिए ।  इरिक्सनले ६६औं मिनेटमा एलेक्सिस सान्चेजको स्थानमा तथा मोसेसले ७४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाका स्थानमा मैदानमा प्रवेश गर्दै इन्टरबाट सिरी ‘ए’ मा डेब्यु गरे ।

प्रतिस्पर्धात्मक खेलको ४४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाले लोउटारो मार्टिनेजको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६०औं मिनेटमा मार्टिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६७औं मिनेटमा निकोलोले गोल गर्दै इन्टरलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुदै सेमिफाइनलमा पुग्न सफल भयो ।

अब इन्टरले सेमिफाइनलमा नेपोलीको सामना गर्नेछ । खेल १३ फ्रेब्रुअरीमा हुनेछ । अर्काे सेमिफाइनलमा एसी मिलान र युभेन्टसबीच खेल हुनेछ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button