खेलकुद

जब ९९ मा बोल्ड भएपछि विपक्षी खेलाडीले बोकेर लगे..

एजेन्सी – क्रिकेट, एक भलाद्मीको खेलको रुपमा परिचित छ । मैदानभित्र पनि खेल भावनालाई प्रोत्साहन गर्ने कार्यले पटक पटक समर्थकमाझ यस खेलको महत्त्व थप प्रगाढ भएको देख्न सकिन्छ । यस्तै एक क्षण दक्षिण अफ्रिकामा जारी अन्डर-१९ विश्वकपका दौरान बुधबार न्युजिल्यान्ड र वेस्टइन्डिज बिचको खेलमा भयो ।

हरेक युवा खेलाडीको लागि यू१९ विश्वकप महत्त्वपूर्ण हुन्छ । यू१९ विश्वकपको प्रर्दशनले उसको करीअरमा बदलाव आउन सक्छ । कुनैपनि देशको यू१९ टोलीले त्यस देशको सिनियर क्रिकेट टोलीको समेत भविष्य देखाउँछ । त्यसैले यू१९ विश्वकपको हरेक प्रर्दशन महत्त्वपूर्ण हुन्छ । अझ यू-१९ विश्वकपमा बनाएको शतकले विशेष महत्व राख्छ ।

बुधबार वेस्ट इन्डिजका कर्क म्याकेन्जी क्वाटरफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध ९९ रनमा आउट हुन पुगे । ४२ औं ओभरको अन्तिम बलमा म्याकेन्जी १ सय ३ बलमा ९९ रनमा खेलिरहेको अवस्थामा खुट्टामा समस्या देखिएपछि रिटायर्ड हर्ट हुँदै मैदान छाडेर पेभेलिएन फर्केका थिए । त्यसबेला वेस्ट इन्डिजले २ सय ५ रन जोड्दा ६ विकेट गुमाएको थियो ।

तर वेस्टइन्डिजले लगातार विकेट गुमाएपछि अन्तिम विकेटका रुपमा उनी ४८ औं ओभरको पाँचौ बलमा पुन: ब्याटिङ गर्न मैदान पुन आए । घाइते हुनुका बाबजुद उनीबाट शतकको अपेक्षा रहेको थियो । क्रिस्टियन क्लार्कको बलमा सट खेल्ने क्रममा उनी इनसाइड एज लागेर बोल्ड हुन पुगे । आउट भएर पेभिलिन फर्कने क्रममा हिड्न केहि असहज भएपछि न्युजिल्यान्डका खेलाडीले उनलाई बोकेर मैदान बाहिर सम्म लगेका थिए । यस कार्यलाई मैदानमा उपस्थित समर्थक, दुवै टोलीका खेलाडी लगायतले ताली बजाउँदै हौसला प्रदान गरेका थिए । समग्रमा म्याकेन्जीले १ सय ४ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button