खेलकुद

मोन्टपिलिएरको पोस्टमा पीएसजीको ५ गोल

एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको मोन्टपिलिएरमाथि ५–० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदान पार्क डि प्रिन्सेसमा पीएसजीको फराकिलो जितमा पाब्लो साराविया, एन्जल डि मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले गोल गरे । एक गोल उपहार पाएको थियो । खेलको आठौं मिनेटमा सारावियाको गोलबाट पीएसजीले खेलमा अग्रता बनायो । १७औं मिनेटमा मोन्टपिलिएर १० खेलाडीमा समेटियो । दिमित्री बर्टाउडले एमबाप्पेमाथि गम्भीर फउल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । त्यसको फाइदा पीएसजीले लिन सफल भयो ।

४१औं मिनेटमा पहिलो खेलमा गोल गरेका सारावियाको पासमाडि मारियाले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । ४४औं मिनेटमा ड्यानिएल कन्ग्रेले आत्मघाती गोल गरेपछि पीएसजीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनायो । डि मारियाको कर्नरलाई क्लियर गर्न खोज्दा ड्यानिएलले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ५७औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले खेलमा ४–० को फराकिलो अग्रता बनायो । एमबाप्पेले नेयमारको पासमा गोल गरेका थिए ।

६५औं मिनेटमा लेभिन कुर्जावाले गोल गर्दै पीएसजीलाई ५–० ले अघि बढाए । ८८औं मिनेटमा मोन्टपिलिएर ९ खेलाडीमा समेटियो । जोरिस चोटार्ड दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिए । जोरिस ६४औं मिनेटमा फ्लोरेन्ट मोलेटको स्थानमा मैदान प्रवेश गरेका थिए । ९०औं मिनेटमा एडन्सिन काभानीले गोल गरेपनि भिएआरबाट अफसाइड ठहरिएपनि पीएसजीले ५–० को सानदार जित निकाल्न सफल भयो ।

जितसँगै पीएसजीले २२ खेलाबाट ५५ अंक जोडेर शीर्षस्थानमा पकड बनाएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १३ अंकले पछि पारेको छ । एक खेल कम खेलेको मार्सेलीको ४२ अंक छ । पराजित मोन्टपिलिएर ३३ अंक जोडेर पाँचौ स्थानमा छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button