खेलकुद

सेभियाको संघषपुर्ण जित

एजेन्सी – स्पेनिस ला लिगामा सेभियाले संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा सेभियाले १० खेलाडीमा समेटिएको ओसासुनालाई ३–२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाको जितमा युसेफ इन न्यास्रीले दुई तथा लुकास ओकम्पासले गोल गरे । ओसासुनाका एरिडेन हर्नान्डेज र रोवर्टाे टोरेसले गोल गरे ।

१३औं मिनेटमा ओलिभर टोरेसको पासमा युसेफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ओलिभर टोरेसकै पासमा लुकास ओकम्पासले गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटियो । सर्जियो हेरेराले अनावश्यक ह्यान्ड गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएपछि ओसासुना १० खेलाडीमा समेटियो । १० खेलाडीमा समेटिएपनि ओसासुनाले लगातार दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

६४औं मिनेटमा रोवर्टाे टोरेसको पासमा एरिडेनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ७४औं मिनेटमा रोवर्टाे टोरेसले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । सेभियाका सर्जियो इस्कुडेरोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि ओसाुसुनाले पेनाल्टीको मौका पाएको थियाृे । जसलाई टोरेसले सदुपयोग गरे ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युसेफ इन न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सेभियालाई ३–२ को सघंर्षपुर्ण जित दिलाए ।

जितसँगै सेभिया २६ खेलबाट ४६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । सेभियाले गेटाफेलाई १ अंकले पछि पारेको हो । ओसासुना ३१ अंक जोडेर १२औं स्थानमा छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button