खबर

इटहरीका व्यवसायीलाई घर भाडाकै चिन्ता

मिलन त्रिताल

इटहरी । एक महिना देखि लकडाउन भए सँगै इटहरीका ब्यापारीहरुलाई घर भाडा र बैकको ब्याजले सताउन थालेको छ । नोबेल कोरोनाभाईरस (कोभिड १९) को संभावित संक्रमण भए सँगै देश लकडाउन भएको १ महिना बित्न लागेको छ । प्रदेश नम्बर १ को केन्द्र बिन्दु इटहरीका व्यापारीहरुलाई भने घर भाडाको चिन्ताले पिरोलेको छ ।

इटहरी ६का प्रिज्मा ग्राफिक्स एण्ड एडभरटाईजिङ्ग सञ्चालन गरि रहेका व्यवसायी प्रकाश कार्कीले आफ्नो राम्रको कारोबार हुने बेला व्यवसाय चौपट भएको बताए । अब लकडाउन खुलेपछि पनि स्थिति सामान्य भएर घरभाडा तिर्न हम्मे हम्मे पर्ने उनी बताउँछन । सरकारले १ लकडाउन अवधि भरको घरभाडा छुट गर्नु भने पनि घरबेटीले मान्छन भन्नेमा कार्कीको पटक्कै विश्वास छैन । सरकारी निर्णय सबै घरधनीले मानि दिए आफु जस्ता व्यवसायीलाई राहत हुने बुझाई कार्कीको छ ।

इटहरीमै रेडिमेड लत्ताकपडाको व्यवसाय गर्दै आएका उत्तम कोइरालाका अनुसार नयाँ बर्षको पूर्वसन्ध्यामा रेडिमेडको व्यवसाय राम्रै हुन्थ्यो । बैंक ब्याजतथाअन्य सबै खर्च कटाएर रोजीरोटीको जोहो गर्न सजिलो हुन्थ्यो तर व्यवसायले आकार लिने बेला नै कोरोना भाईरस संक्रमणको जोखिमले गाँजेपछि घरभाडा, बैंकबाट लिएको कर्जाको व्याज र कर्मचारी खर्च जोहो गर्ने उपाय नभएको बताउँछन । घरधनी सँग बहालको विषयमा हाल सम्म कुनै कुराकानी नभएकाले खर्च कसरी धान्ने भन्ने चिन्ताले गाँजेको बताउछन् ।

इटहरीमा निर्माण सामाग्रीको व्यवसाय गर्दै आएका रोभास ट्रेड एण्ड सप्लायर्सका प्रोप्राइटर सन्तोष पोखरेललाई पनि अहिले घरभाडाको चिन्ताले सताएको छ । कारोबार सुचारु भएको भए भाडा तिर्न समस्यानहुने तर लामो समयदेखि बन्द भएको कारण घरभाडा तिर्ने उपाय नभएकाले घरधनीले भाडा मागे घरघराना बाटै तिर्नुपर्ने अवस्था रहेको बताउछन् । सरकारले लकडाउनका कारण बन्दभएको अवधिको घरभाडा मिनाहा गर्न त भनेको छ तर घरधनीले मान्ने नमान्नेमा आशंका रहेको पोखरेलको भनाई छ ।

इटहरीकै कलर हाउस एण्ड सेनेटरीका सञ्चालक कमल कार्कीले आफुहरु जस्तै घरधनीका पनि विविध समस्या हुने र सरकारले एकतर्फी रुपमा घरधनीलाई मात्र भाडा छुट गर्न सक्लान ? चैत्र महिनामा बैंकले कर्जाको साँवा र ब्याज लिई सकेकोले कर्जा लिएर घर बनाएकाले कसरी भाडा छुट गर्ने ? कसरी भाडा तिर्ने भन्ने दुविधा रहेको बताउछन् । यो बेला सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई पनि ब्याज छुट गर्न लगाएको भए भाडामा छुट माग्न सहज हुने उनको बुझाईे छ । व्यवसायीलाई घरभाडाको मात्र नभई बैंक ब्याज र कर्मचारीको तलब धान्न सक्ने समेत अवस्था नभएकाले सरकारले सबै पक्षलाई राहत पुग्ने गरी निर्णय लिनु पर्ने उनको सुझाव छ ।

इटहरीमै निर्माण सामाग्रीको कारोबार गर्ने डि.एस सप्लायर्सकाप्रोप्राइटर उमेश पोखरेलको अनुसार अहिले व्यवसायीले घरधनीलाई सरकारले घरभाडा छुट दिन्छु भनेकोले छुट गरिदिनु भनिहाल्ने अवस्था छैन । उनकाअनुसार कर्मचारीलाई पनितलबदिनुपर्ने र नियमित घरभाडा तिर्नुपर्ने बाध्यताकाकारण अहिले आफुहरु ठुलो मारमा परेकोले स्थानीय सरकारले सबै घरधनीलाई प्रत्यक्ष संवाद गरी घरभाडा मिनाहा गराईदिए ठुलो राहतपुग्ने बुझाइ छ ।

त्यसैगरी शिवम मार्बल एण्ड टायल्सका प्रोप्राइटर सुजन संग्रौलाको पिडा पनि अरु व्यवसायीको झै समान छ । कारोबार शुन्य भएकाले घरभाडा तिरिहाल्ने अवस्था छैन । कारोबार नभएको अवधिको भाडा मिनाहा भए राहत पुग्ने तर घरधनी सँग यस विषयमा कुनै कुराकानी नभएकाले भाडा छुट नदिए पनि भाडा तिर्ने समय थप भईदिए सरसापट गरेरै भए पनि व्यवसाय जोगाउन सकिन्थ्यो कि भन्ने झिनो आशा रहेको संग्रौलाको बुझाई छ ।

इटहरीमै मदिराको थोक व्यापार गर्ने मनिषा कोल्ड स्टोर एण्ड सप्लायर्सका प्रोप्राइटर प्रदीप गुराईगाईका अनुसार चैत्र महिनाको मात्र नभई बैशाख महिनाको पनि घरभाडा तिर्ने अवस्था छैन । घरभाडा छुट हुनका लागि घरधनीलाई समेत सरकारले राहत दिने गरी घरभाडा मिनाहा गर्न ठोस निर्णय लिनुपर्ने उनको भनाई छ । आँफै समस्यामा रहेको बेलाअरुलाई कसैले पनि राहतनदिने भएकाले बैंक तथावित्तिय संस्थाबाट लिएको कर्जाको ब्याज मिनाहा भए दिए आफुहरुले पनि घरभाडा मिनाहा पाईन्थ्यो किभ न्ने आशा उनको छ ।

लकडाउनका कारण मुलुकका सबै आर्थिक गतिविधि ठप्प हुँदा इटहरीका अधिकांश व्यवसायीलाई घरभाडाकै चिन्ताले सताएको पाईएको छ। उद्योग वाणिज्य संघ इटहरीले विज्ञप्तीनै जारी गरी सरकारले लिने कर तथा राजस्व, घरभाडा र कर्जामा बैंक तथावित्तिय संस्थाले लिने ब्याज छुट गर्न माग गरेको छ ।sancharpaty/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button