खेलकुद

नवौं स्थानको आर्सनलले च्याम्पियन्स लिग खेल्न पाउने सम्भावना

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नवौं स्थानमा रहेको आर्सनलले कोरोना संक्रमणका कारण लिग समापन हुन नसकेको अवस्थामा अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउने सम्भावना देखिएको छ ।

युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले सिजन सम्पन्न गर्ने नसकिने सम्भावना देखेपछि अर्को सिजनका लागि टोली छनोट गर्न विकल्प खोजिरहेको छ । यसक्रममा यूईएफएले क्लब वरीयता निर्धारण गर्ने अंकलाई आधार मानेर विभिन्न देशका टोलीलाई च्याम्पियन्स लिग खेलाउने तयारी गरिरहेको छ । यस प्रस्ताव पारित भएको खण्डमा प्रिमियर लिगमा हाल नवौं स्थानमा रहेको आर्सनल च्याम्पियन्स लिगका लागि छनोट हुने देखिन्छ ।

इंग्लिस लिगका क्लबहरुमध्य यूईएफए वरीयतामा म्यानचेस्टर सिटीको ११२ अंक छ भने लिभरपुल ९९ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ९२ तथा आर्सनलको ९१ अंक रहेको छ । लन्डनका क्लब टोटेनहम ८५ र चेल्सी ८३ अंकसहित शीर्ष ५ स्थानमा छन् । लिगमा तेस्रो स्थानमा रहेपनि लेस्टर सिटीको यूईएफए वरीयतामा २२ अंक मात्र रहेको छ ।

यूईएफएले म्यानचेस्टर सिटीलाई युरोपेली प्रतियोगितामा खेल्न प्रतिबन्ध लगाएका कारण टोटेनहम चौथो टोलीको रुपमा च्याम्पियन्स लिग खेल्ने सम्भावना रहन्छ । यद्यपि सिटीले उक्त प्रतिबन्धविरुद्ध अपिल गरेको छ र त्यसको निर्णय आउन बाँकी छ । हाल लिग तालिका अनुसार शीर्ष ४ स्थानमा लिभरपुल, म्यानचेस्टर सिटी, लेस्टर र चेल्सी रहेका छन् ।

प्रिमियर लिगमा अझै ९२ खेल बाँकी रहेको अवस्था छ । लिगको शीर्षस्थानमा रहेको लिभरपुल दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा २५ अंकले अगाडी छ र लिग जित्ने लगभग पक्का छ । रेलिगेसनसहित अन्य स्थानका लागि प्रतिस्पर्धा भने कायम नै छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button