खबर

खाना पकाउने ग्यासको माग आधा घट्यो

काठमाडौं : महिना दिनअघि बजारमा हाहाकार भएको खाना पकाउने एलपी ग्यासको अहिले माग घटेको छ ।

महिना दिनअघि बजारमा खाना पकाउने एलपी ग्यासको माग अत्यधिक बढेपछि एउटा सिलिन्डर भर्न उपभोक्तालाई घन्टौं लाइन बस्नुपरेको थियो ।

एउटा ग्यास सिलिन्डर भर्न उपभोक्ताले लामो लाइनबस्नु पर्ने भएपछि नेपाल आयल निगमले ग्यासको सहज आपूर्तिका लागि ग्यास उद्योगीलाई आधा सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको थियो ।

अधिकांश उपभोक्ताले दुई महिनालाई पुग्ने ग्यास घरमा थन्क्याएको र होटेल रेष्टुरेन्ट बन्द भएकाले पनि अहिले खाना पकाउने एलपी ग्यासको खपत आधा नै घटेको हो । राजधानी दैनिकमा कौशिला कुँवरले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button