विचार

सामाजिक संजालको प्रस्तुतिबाट थाहा हुन्छ ब्यक्तिको स्तर

कृष्ण हुमागाँई

सामाजिक संजालको प्रयोगले मानिसलाई धेरै कुराको सूचना, संदेश, जानकारीहरु दिएर दैनिकी सहज बनाएको छ भने यसको दुरुपयोगका कारण घर, समाज र मुलुक नै आक्रान्त पनि बनिरहेको स्थिति छ । सामाजिक संजालमा झुठा, (फेक) आइडीबाट प्रशारण गरिएका गलत सामग्रीलाई वास्तविक आइडी भएकाहरुलेसमेत कुरै नबुझी पस्किदा समाजमा भ्रम र अन्यौलको अवस्था सिर्जना भएका थुप्रै उदाहरणहरु छन । गलत र फेक न्युजका कारण सत्य परिक्षण गर्नसक्ने क्षमता नभएकाहरु भ्रमको भुमरीमा रुमलिएका छ्न भने एल्गोरिदमको प्रभावले मानिसको दिमागी सन्तुलनलाई बिवेकशुन्य बनाइदिएको छ ।

सामाजिक संजालको आइडी बनाउँदा नै नागरिकता नम्बर वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा मात्र एक ब्यक्ति एक आइडी मात्र बन्ने नीति राज्यले अबिलम्ब नल्याउने हो भने यो पुस्ता त एल्गोरिदमको सिकार भयो नै आउँदो पुस्ता पनि फेक आइडीको प्रभावले भ्रम र भ्रान्तिको गोल चक्करमा फँस्ने जोखिम दिन्दिनै बढिरहेको छ ।

सामाजिक सन्जालहरु नेपालमा कति दर्ता भएर संचालित छन भने कति त बिना दर्ता नै चलिरहेका छन । संजालको दुरुपयोगले मनिसको घर-परिवार, व्यापार ब्यवसार र करिअर नै ध्वस्तसमेत भएका छ्न । बिना दर्ता सामाजिक संजाल सन्चालन हुन दिंदा राज्यलाई साइबर क्राइमजो बोझ थपिएको छ । राज्यले दर्ताको दायरा प्रक्रियामा नल्याएका सामाजिक सन्जालबाटआनिसलाई अनावश्यक दु:ख दिने, मानमर्दन गर्ने, भ्रम फैलाउनेलाई आफ्नो सम्पर्कमा आउँन पहुँच नदिन र उसको सम्पर्कबाट टाढै राख्न निम्न उपाय अवलम्बन गर्न सकिन्छ ।
सामाजिक संजालको दुरुपयोग गर्नेलाई के गर्ने ?
तपाँईले उस्लाई चिनेको पनि छैन, तर बारम्बार तपाँइको पोष्टमा आएर गालिगलौज गर्छ ? यदि यस्तो हर्कत गरिरहन्छ भने तपाँईं त्यस्ता परपीडकलाई दयागरी आफ्नो फ्रेण्डलिष्टबाट हटाउनुस वा ब्लकै गरिदिनुस ।

चिनेको पनि हो, तर तपाँईको हौसला बढाउन कहिल्यै राम्रो पोष्ट, लाइक, कमेण्ट गर्दैन । बारम्बार तपाइलाई खुइल्याउने काम मात्र गर्छ भने तपाँईं उस्को पोसषटमा नकारात्मक टिप्पणी चाहिँ नगर्नुस, तर त्यो आफ्नो बिरोधी हो भन्ने नोटिस राख्नुस र समय आएको बेला हिसाब मिलान गर्नुस ।तपाईबाट कुनै गल्ती भएको छ भने तपाँईको असल साथिले फोन, म्यासेज गरेर, भेटेर गल्ती सच्याउन सुझाव सल्लाह दिन्छ । तर पब्लिक पोष्ट र कमेण्टमा तपाँइलाई गिज्याउने मान्छे तपाइको शुभचिन्तक हुँदैहोइन । मान्छे चिन्नुहोस र त्यही अनुसारको व्यवहार अवलम्बन गर्नुस ।

सार्वजनिक सरोकारका बिषयमा तपाँइले गरेको पोष्टमा सभ्य भाषा शैलीमा आएको पब्लिक कमेण्टलाई सहर्ष स्वीकार गर्ने साहास पनि गर्नुस, नत्र त्यस्तो बिषय पोष्टै नगर्नुस । घुम्न, डुल्न गएको, विभिन्न परिकार बनाएको, खाएको, गाएको, नाचेको, दौडेको, पौडेको फोटो हाल्नुस बस्नुस ।

अहिले नेपाली कांग्रेसभित्र नियमित र विशेष महाधिवेशन पक्षबीच बैचारिक र कार्यनीतिक मतभेद छ । यसको समाधानका लागि बैचारिक बहस र शिष्ट ढङ्गमा तर्क र बहस गर्न सकिन्छ । तर न्यून राजनैतिक चेत भएका ब्यक्तिहरु आफुभन्दा धेरै संघर्ष गरेका, यातना भोगेका, संगठन निर्माणमा आफ्नो पेशा ब्यवसाय नभनी दिनरात खटेका साथी र अग्रजलाई कसैको अरौटे-भरौटेको रुपमा गालिगलौज गर्नमा तल्लिन छन । तिनले कुनै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु पनि पर्दैन र पार्टीको कुनै निकायमा जिम्मेवारी सम्हाल्ने योग्यता क्षमता पनि राख्दैनन । घण्टीका कार्यकर्ताको प्रतिवाद र सामना गर्न लुकेर बसेका परजीवी जस्ता मानव शरीर आफ्नै संगठनका अग्रजलाई अपमान गरेर कस्को नूनको सोझो गरिरहेका छन !?!

यहाँ बिपक्षी धारका मतदाताको त मन जितेर संसदीय फाँटको राजनीति गर्नुपर्छ भने आज आफुले बिझाएको आफ्नै पार्टीको साथीको भोलि सहयोग लिनुपर्दा कसरी प्रस्तुत हुनुहोला ? लाज पचाएर हिजो आफुले घोचेकोमा माफ माँग्छ्न कि ? पश्चाताप गर्छन होला ? एक मतको कत्रो महत्व हुन्छ । हाम्रा धेरै साथीहरु एक मतले, बराबरी मत भएर चिठ्ठा तानेर पनि पराजित भएका छन । आज आफुले तथानाम गाली गरेको अग्रज वा साथीसँग कुनैठाउँमा भेट हुँदा अनुहार रातोपीरो पारेर भाग्नु नपरोस् । त्यसले तपाइँलाई भगौडा बनाउँछ मात्र होइन, परेको बेला र मरेको बेला तपाईंका मित्र घटनेछ्न । यति गरिसकेपछी तपाँइका मित्र त कोहि हुने भएनन । परजीवीहरुलाई सामाजिक बनाउन निकै कठिन हुनेरहेछ ।

तपाँईंले पोष्टगर्ने सन्दर्भ सामग्री र भाषागत शैली र शिष्टाचारले तपाँईंको स्तर र पहिचानको अनुमान सभ्य समाजले सजिलै गर्छ । अरुको अनादार गर्ने, गाली बेइज्जती गर्ने मानव शरीर भएको प्राणी आपराधिक मानसिकताले ग्रसित मात्र होइन, उ स्वयम आफैंमा कुनै सामाजिक मर्यादा र हैसियतमा हुँदैन ।

अनि उसको परिवार पनि असभ्य हुनसक्छ, नत्र तिनका परिवासका सदस्यले नै किन यस्तो भद्दा र अशिष्ट भाषा प्रयोग गरेको भनेर सम्झाउने थिए । समाजमा कुनै आपराधिक घटना भयो भने सामाजिक संजालको दुरुपयोग गरि अपराध कर्म गर्ने संदिग्ध ब्यक्तिको सामाजिक सन्जाल हेरेर निगरानीको दायरामा ल्याउन सकिन्छ । यस्तो सूचना प्रहरीलाई दिनुपर्छ । अपराध नियन्त्रण गर्न अमेरिका, युरोप लगायतका बिकसित देशहरुले सम्बन्धित बब्यक्तिको फेसबुक आइडी लगायतका एकाउण्ट चेक जाँच गरेर मात्र यो कस्तो प्रवृतिको मान्छे हो भन्ने पहिचान गरेर मात्र आफ्नो देशको भिषा दिन थालेको छन ।

सामाजिक सन्जालमा अरुलाई गाली गलौज गरेर रमाउने परपीडकसँग सभ्य र शिष्ट मानिसले साथ, संगत, आर्थिक, ब्यवसायिक साझेदारी र कुनै कारोबार गर्न रुचाउँदैनन । त्यस्तो ब्यक्तिसँग सभ्य परिवारले नाता कुटुम्बको सम्बन्ध पनि गाँस्न चाँहदैन । अनि उस्तै लम्पट गतिछाडाहरुको साइनो गाँसिन्छ । त्यस्ता बेजतीहरु अरुलाई फोहोरी गाली गर्नमै रमाउँछ्न र तिनका सन्तानले पनि त्यही परपीडक हिंसाको फोहोरी गाली सिक्छ्न । त्यही असभ्य संस्कारमा पुस्ता दरपुस्ता बिताउँछ्न ।

नेपाली कांग्रेस पार्टी र यसका कार्यकर्ताले फरक मत र बिचारको सम्मान गर्नुपर्छ, गर्छन । यदि फरक मतकाप्रति अनुदार हुने हो भने त्यस्तो मानिस प्रजातन्त्रवादी हुनसक्दैन । बीपीको बिचार र समाजवाद बुझेको, प्रजातान्त्रिक आन्दोलनमा जेल, नेल, हिरासत र निर्वासन भोगेको, सेना र माउवादीको यातना भोगेको निष्ठावन कार्यकर्ताले आफ्नै पार्टीको साथिलाई अपमान गरेर लेख्दैन । उ सभ्य छ र राजनीति गर्नुछ भने त्यस्तो फोहोरी गाली कसैलाई लेख्नै सक्दैन । यो जीव आवारा प्रवृतिको तर मानव स्वरुप लिएर जन्म मात्र लिएको हो भन्ने लाग्यो भने त्यस्तोलाई फ्रेण्डलिष्ट्बाट हटाइदियो, सकियो । फोहोरीलाई साथी बनाईरहन सकिन्न । कस्तोलाई फेसबुक साथी बनाउने आफैं सोचौं । मैरीको संगत गरे महमा र झिङ्गाको संगत गरे आचीमा पुगिन्छ ! कहाँ पुग्ने आफैं बिचार गरौं । जय नेपाल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button