खेलकुद

युभेन्टसका मिडफिल्डर पिजानिक बार्सिलोना आउन सहमत

एजेन्सी – इटालियन क्लब युभेन्टसका मिडफिल्डर मिरालेम पिजानिक आउदो समरसँगै क्याटलान क्लब बार्सिलोना आउन सहमत भएको छ। इटालियन सञ्चार माध्यमका अनुसार बोस्नियाका ३० वर्षीय मिडफिल्डर आउदो समरमा बार्सिलोना आउन सहमत भएको उल्लेख गरेको छ ।

बार्सिलोनाले यसअघि नै आर्थर मेलोको स्थानमा पिजानिक नै ल्याउने योजना बनाइरहेको थियो । बार्सिलोनाले पिजानिकलाई ६० मिलियन युरो खर्च गर्न सक्ने अनुमान गरिएको छ । पिजानिक बार्सिलोना आउन सहमत हुदा ब्राजिलका २३ वर्षीय आर्थर मेलोको बार्सिलोनामा भविष्य अनिश्चित बनेको छ ।

उनी युभेन्टस नै जान सक्ने आँकलन गरिएको छ । मेलोको पछिल्लो २ सिजनमा बार्सिलोनाका लागि ६७ खेल खेलेका छन् । उनको सम्झौता २०२४ सम्म रहेको छ । बार्सिलोनाले मेलोले युभेन्टस जान नचाहेको अवस्थामा आर्टुरो भिडाल र इभान राकिटिकलाई प्रस्ताव गर्न सक्नेछ ।

बार्सिलोनाले २०१६ मै पिजानिकलाई अनुबन्धको प्रयास गरेपनि लगातार तीन सिजनसम्म असफल भएको थियो । पिजानिक अनुबन्ध गर्न असफल भएपछि बार्सिलोनाले २०१६ का आन्द्रे गोमेज, २०१७ मा पाउलिन्हो र २०१८ मा पिजानिक अनुबन्ध गरेको थियो । गोमेज र पाउलिन्होको तुलनामा आर्थर मेलोले विस्तारै आफ्नो प्रभाव छाड्न सफल भएका थिए ।

२०१६ मा इटालियन क्लब रोमाबाट युभेन्टस पुगेर अहिले चौथो सिजन बिताइरहेका पिजानिकले यो सिजन ३२ खेलमा ३ गोल र चार असिस्ट दिएका छन् । उनले युभेन्टसबाट विभिन्न ६ उपाधि जितेका छन् । जसमा तीनपटक सिरी ‘ए’ दुई इटालियन कप र एक सुपरकप छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button