खेलकुद

विलियम्सको चुनौती

एजेन्सी

पूर्व हेभिवेट बक्सिंग च्याम्पियन माईक टाइसनलाई ब्रिटिश मुक्केबाज डेनी विलियम्सले खेल्नका लागि चुनौती दिएका छन् ।

केहि दिनअघि टाइसनले च्यारिटीका लागि बक्सिंग रिंगमा फर्कने योजना रहेको सार्वजनिक गरेपछि ४६ वर्षीय विलियम्सले चुनौती दिएका हुन। टाइसनलाई १६ वर्षपछि आफूसँग रि–म्याच खेल्न विलियम्सले चुनौती दिएका हुन् । सन् २००४ मा विलियम्सले टाइसनलाई नकआउट गरेका थिए ।

विलियम्सले आफ्ना केही अमेरिकी एजेन्टलाई टाइसनसँग खेल्नका लागि कुरा चलाउन भनेका छन् । उनले भने,–“मैले आफ्ना केही एजेन्टहरुलाई आईरन माईक टाइसनसँग खेल्नका लागि ब्यवस्था मिलाउन भनेको छु । म जवाफको पर्खाइमा छु । टाइसनसँग खेल्न म निक्कै उत्सुक छु ।“

टाइसनलाई १६ वर्ष अघि हराउँदा उनको ब्यक्तिगत फाइट रेकर्ड २८ मा जित र ३ मा हार थियो । तर, त्यसपछिको २५ फाइटमा भने उनले हार देखिसकेका छन् । उनले आफ्नो पछिल्लो फाइट गत नोभेम्बरमा जर्मनीमा खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button