मूल खबर

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी पी गजुरेलद्धारा भारतीय अतिक्रमणका बिरुद्ध एकतावद्ध संघर्ष गर्नका लागि अपिल

भारतद्धारा सन् १८१६ मा नेपाल र भारतका वीचमा भएको सुगौली सन्धीको उल्लंघन र नेपाली भूभाग माथिको अतिक्रमण

भारतीय अतिक्रमणले अब सिमा नाघेको छ । यसको पछिल्लो घटनामा नेपालको सीमा भित्र भारतीय सेनाले सडक बनाउँदै गरेको घटना हो । सडकको भारतीय रक्षा मन्त्रीले हिजो उद्घाटन गरेका छन् तर नेपालको ओली सरकारले त्यसवारे अहिलेसम्म विरोधको एक शब्द पनि बोलेको छैन । मानौ नेपाल सरकार भारतीय कठपुतलीको सरकार हो । सरकारले भारतका अगाडि घुडा टेकोले अब नेपाली जनता स्वयम् यो अतिक्रमणका बिरुद्ध एकतावद्ध भएर संघषमा उत्रनुको विकल्प छैन् । यसै सन्दर्भलाई लिएर देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी पी गजरेलले सम्पूर्ण देशभक्त नेपाली दिदी बहिनी, दाजु भाइ संग हार्दिक अपिल गरेका छन् । उक्त अपिलको पूर्ण पाठ तल दिइएकोछः
भारतीय अतिक्रमणको विरोधमा जुटौं !
नेपालको सीमा भित्र भारतीय सेनाले सडक बनाउँदै छ भन्ने जानकारी सहित हामीले उक्त काम रोक्न नेपाल सरकारले भारत सँग कुटनीतिक पहल गरोस् भनेर पटक पटक ध्यानाकर्षण गर्नुका साथै सडकबाट पनि माग गर्दै आएका थियौं । कोभिड १९ को महामारीले विश्वव्यापी रुपमा संकट खडा गरेको मौका छोपी लिम्पियाधुरा हुँदै मान सरोवर सम्म जाने सडकको भारतीय रक्षा मन्त्रीले हिजो उद्घाटन गरेको घटना सन् १८१६ मा नेपाल र भारतका वीचमा भएको सुगौली सन्धीको उल्लंघन र नेपाली भूभाग माथिको अतिक्रमण हो । अविलम्ब कुटनीतिक पहल गरी अतिक्रमित नेपाली भूभागलाई मुक्त गर्न नेपाल सरकार सँग हामी जोडदार माग गर्दछौं । यतिखेर सम्पूर्ण राष्ट्र कोभिड १९ को महामारी सँग जुधिरहेको र लक् डाउन् मा रहेको मौका छोपेर भारत सरकारले गरेको यो अतिक्रमणका बिरुद्ध एकतावद्ध संघर्ष गर्नका लागि तयार रहन पनि हामी सम्पूर्ण देशभक्त नेपाली दिदी बहिनी, दाजु भाइ संग हार्दिक अपिल गर्दछौं ।moolbato.com/from
सी पी गजरेल
अध्यक्ष
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल
२०७७ । १ । २७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button