
कुचबिहारमा वाहन र लरी ठोक्किँदा बीएसएफ जवानहरू घाइते
अगस्ट 10, 2020
कुचबिहार : कुचबिहारको खागराबारी इलाकामा बीएसएफको वाहन र लरी आपस्तमा ठोक्किँदा धेरैजना बीएसएफ जवानहरू घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज बिहान बीएसएफको वाहन गुञ्जबारीदेखि खागराबारी मोडतर्फ गइरहेको समय तुफानगञ्जबाट खागराबारीतर्फ आइरहेको एउटा मालवाहक लरीसँग ठोक्किँदा धेरैजना बीएसएफ-का जवानहरू घाइते भएका छन्।

उत्तर बंगालमा चाँडै शुरू हुने प्लाज्मा थेरेपी : डा. सुशान्त राय
अगस्ट 10, 2020
जलपाईगढी : राज्य सरकारको तत्वावधानमा उत्तरबंगालमा चाँडै प्लाज्मा थेरेपी शुरू हुने भएको छ। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उन्नत आधुनिक प्लाज्मा थेरेपी यन्त्र जडान गरिनेबारे उत्तरबंगमा कोरोना भाइरस सम्बन्धित मामिलाको देखरेख गर्ने डा. सुशान्त कुमार रायले जानकारी दिएका छन्। हाल सिलगढी सहरमा कोरोना संक्रमितहरूको संख्या दिन-प्रतिदिन बढ्दै गइरहेकोले गर्दा संक्रमितहरूको उपचार प्लाज्मा थेरेपीको माध्यमद्वारा गर्न निक्कै सुविधा हुनेछ। मुख्यमन्त्रीको निर्देशअनुसार उत्तरबंगमा कोरोना रोगीहरूको प्लाज्मा थेरेपीको माध्यमद्वारा उपचार गर्ने पहल गरिएको छ। प्लाज्मा थेरेपीको आवश्यक परेका कोरोना रोगीहरूलाई यसको माध्यमद्वारा उपचार गरिने चिकित्सक सुशान्त रायले बताए। यसको सहयोगमा सबैलाई फाइदा हुने साथै चाँडै नै उक्त परिसेवा शुरू गरिने तिनले बताए।

दुईवटा बाइक ठोक्किँदा 3 जना घाइते
अगस्ट 10, 2020
राजगञ्ज : दुईवटा बाइक आपस्तमा ठोक्किँदा तीनजना व्यक्ति घाइते भएका छन्। उक्त घटना आज बिहान उत्तरकन्या नजिक बसुन्धरा आवासन मोड़मा घटेको हो। स्थानीय सूत्रले दिएको अनुसार बसुन्धरा आवासन मोड़मा दुईवटा बाइक आपस्तमा ठोक्किँदा एकजना दिव्याङ्ग व्यक्ति सहित तीनजना व्यक्ति घाइते भएका छन्। यसको साथै उक्त दिव्याङ्ग व्यक्तिको ट्राइसाइकल भत्किएको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूले उक्त घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे। घटनाको जानकारी पाएर एनजेपी पुलिस घटनास्थलमा पुगेर छानबीन गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।siliguritimes/from,india



