खबर

थापाथलीमा प्रचण्ड–माधव पक्षका विद्यार्थीहरुको भेला

२०७७ मंसिर १९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चर्किरहेको बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका विद्यार्थीहरुको भेला थापाथली इन्जिनियरिङ कलेजमा सुरु भएको छ । भेलामा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटीदेखि केन्द्रीय कमिटीका नेताहरु सम्बोधन गर्नका लागि पुगेका छन ।
भेलामा नेकपाको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य तथा पूर्व विद्यार्र्थीहरु लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री, ठाकुर गैरेलगायत उपस्थिति छन ।
अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङका अनुसार प्रचण्ड–नेपालसहितका नेतासँग छलफलपश्चात भेलाको आयोजना गरिएको हो । उनले बताएअनुसार ओली पक्षका विद्यार्र्थी नेताहरुले बेग्लै भेलाहरु गर्न थालेसँगै देखिएको अन्यौंलता अन्त्य गर्न भेला गरिएको हो ।
‘केहि समय अगाडि ऐन जिहरुले सल्लाहसमेत नगरी देश दौहाडा कार्यक्रम गर्नुभयो, उहाँहरुले भेला गर्ने, गुट बनाउने अखिललाई मण्डले कमिटी जस्तो बनाउनु भो, हामी चुप लागेर बस्यौं, विद्यार्थीहरुमा निकै अन्यौंलता भयो’,पत्रकारसँगको कुराकानीमा तामाङले भने, ‘हामी विद्यार्र्थीहरुमा देखिएको अन्यौंलतालाई स्पष्ट पार्न भेला गरेका हौ ।’moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button