खेलकुद

पीएसजीको चार अंकको अग्रता

मंसिर २१, २०७७

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोन्टपेलिएरमाथि ३–१ को सहज जित निकाल्दै शीर्षस्थानमा थप पकड बनाएको छ ।

पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेलाई ४ अंकले पछि पारेको हो । शीर्षस्थानमा रहेको पीएसजीको १३ खेलबाट २८ अंक रहेको छ । ११ खेलबाट मार्सेको २४ अंक छ । पराजित मोन्टपेलिएर २३ अंकसहित छैटौ स्थानमा छ ।

मोन्टपेलिएरमा शनिबार राति भएको खेलमा पीएसजीको जितमा कोलिन डग्वा, मोइस किन र केलियन एमबाप्पेले गोल गरे । माभिडिडिको गोल सान्त्वना बन्यो ।

खेलको ३३औं मिनेटमा एन्जल डि मारियाको पासमा डग्वाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा माभिडिडिले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७७औं मिनेटमा राफिन्हाको पासमा मोइस किनले गाल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लाविन कुर्जावाको पासमा एमबाप्पेले गोल गर्दै ३–१ को सहज जित दिलाए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button