खबर

चीनले बनायो क्वान्टम कम्प्युटर

२२ मंसिर २०७७
(एजेन्सी)

प्रविधि विकासको दौडमा सुपरकम्युटरलाई एक ठुलो उपलब्धिका रुपमा लिइन्छ । विश्वका विकसित देश एक पछि अर्को शक्तिशाली सुपरकम्प्युटर विकासको होडमा लागिरहेका छन् ।

अहिले विश्वकै सबैभन्दा शक्तिशाली तथा तिब्र बेग क्षमताको सुपरकम्युटर जापानको फुगाकु सुपर कम्प्युटर हो । कम्प्युटर क्षेत्रमा विद्यमान कमजोरीहरु हटाउन र अत्यधिक तिब्र बेगमा काम गर्न सक्ने क्वान्टम कम्प्युटरको विकास दौडमा विकसित देशहरु लागिरहेका छन् ।

यसबीच चीनका वैज्ञानिकहरुले प्रकास कणमा आधारित विश्वकै पहिलो क्वान्टम कम्प्युटर विकसित गरेको दावी गरेका छन् । अनुसन्धानकर्ताहरुले मानक सिमुलेसन एल्गोरिथम, गसियन बोसोन नमुनाका माध्यमबाट ७६ फोटोन पत्ता लगाउन सक्षम क्वान्टम कम्प्युटरको प्रोटोटाइप बनाएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

वैज्ञानिकहरुका अनुसार यो कम्प्युटर परम्परागत सुपरकम्प्युटरको तुलनामा अत्यधिक तिब्रताका साथ काम गर्न सक्छ । यो वैज्ञानिकहरुलाई प्राप्त ठुलो सफलता भएको र यसको मद्दतबाट यस प्रकारका शक्तिशाली मेसिन बनाउने तरिकामा मौलिक परिवर्तन आउने सरकारी सन्चार माध्यमले उल्लेख गरेको छ ।

अहिले पनि प्रारम्भिक अवस्थामा रहेको भएपनि क्वान्टम कम्प्युटिंगलाई प्रसोधन क्षमता र कम्प्युटरको शक्तीको सुधारमा कायापलत गर्ने साँचोका रुपमा हेर्ने गरिन्छ । जसबाट भौतिकशास्त्र तथा रसयानशास्त्र र अन्य क्षेत्रमा बृहत प्रणालीको अनुकरण गर्न र त्यसलाई अगाडी बढाउन सक्षम हुनेछ ।

चिनियाँ शोधकर्ताहरु प्रविधि क्षेत्रमा अल्फाबेट इन्क, गुगल, एमेजोन र माइक्रोसफ्ट जस्ता प्रमुख अमेरिकी कम्पनीहरुसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

जर्नल साइन्समा प्रकाशित शोधपत्रलाई उदृत गर्दै सरकारी अखबार चाइना डेलीले ‘जियुझांग’ क्वान्टम कम्युटरले विश्वसनिय तरिकाले क्वान्टम प्रशोधनको उत्कृष्टता प्रदर्शन गर्न सकेको र यो कम्प्युटर क्षेत्रमा ठुलो उपलब्धि भएको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button